Monday, November 23, 2009

यसपल्ट

परदेशैमा डुलिरछु एक्लो मन जलाई !
सङ्गी तिम्रा कतिकती के सम्झिन्थ्यौ मलाई !!

घरबाट कलेज् जान्छ्यौ खुल्छन सबै ढोका !
तथानाम चौरस सम्झि बस्छु हृदय जलाई !!

सन्ध्या देखी मिर्मिरेसम्म,मिर्मिरेबाट सन्ध्या !
चारै प्रहर तिम्रै नामको बल्छ दियो सलाई !!

बस है श्रिङ्गार गरी ओढी दुलही घुम्टो !
लिन आउछु यसपल्ट पञ्चे बाजा बजाई !!

Thursday, November 19, 2009

खुशीका केही पलहरु !

BROTHERS & SISTER




HAPPY BHAI TIKA








PERFECT FAMILY



SWEET ...

PRINCESS NYSHAA.....



LOVING MOTHERHOOD




NICE PIC. SWASTIKA BHANJI

Tuesday, November 17, 2009

नशा

जिउनी र मर्नेको नशालु दोसांधमा बांचेर हाँस्दैछ जिन्दगानी !
एकछिनको नशामा बेअर्थी बाझाबाझ देखेर हाँस्दैछ जिन्दगानी !!

नपिईकन लागेको नशा बुझ्दैनन् पिएर नशामा डुबुल्किनेहरु !
एक-दुई पलको नशामा भुल्न ईज्जत बेचेर हाँस्दैछ जिन्दगानी !!

तिमीभित्र छ नशाको सागर धड्कनको प्याली खन्याएर पिउ !
आँफैबाट लुक्न भौतारिने सिमलको भुवा देखेर हाँस्दैछ जिन्दगानी !!

आउ बस छेवैमा प्रितको नशा मिसाउ हृदयको सागरमा !
समय छैन जिन्दगिलाई मृत्‍युको बहाना खोजेर हाँस्दैछ जिन्दगानी !!

Monday, November 16, 2009

gajal

बिसन्चो छौ कि तिमी रिसाएकी हौ !
सम्झना आउँदैन कि मेरो,माया बिसाएकी हौ !!

फर्फराउछन आँखा कुनै बिप्पत्ती पर्‍योकी !
सपनीभर पैह्रो जान्छ, किन हृदय चिस्याएकी हौ !!

गुलाफ फुल्ने तिम्रा अधर प्रसस्त छन तिर्खाउन!
बेजोड छन सुगन्ध तिनी कुन मधुमास मिसाएकी हौ !!

दोष छैन प्रितको निष्ठुरी भइछौ थाहै भएन !
कुन महल सिङार्न सुन्दर संसार बिगारेकी हौ !!

जनम जनम साथ बाँच्ने रहर मेरो अझ उस्तै !
ओर्लिएर आँखाबाट कुन सपना रित्याएकी हौ !!

Tuesday, November 3, 2009

Ma, Ekant ra Paagalpan

नौ रङ्गी पुतलीसँगै स्वप्निल वनबासमा म, एकान्त र पागलपन !
खित्का छाडि हासिरह्यौ आफ्नै उपहासमा म, एकान्त र पागलपन !!

जुनी जुनी पर्खेको माया ओईलाएपछी साक्षी को मान्ने !
चोटैचोटमा पनि दुख्दैन आसुँ दङदासमा म, एकान्त र पागलपन !!

भो नआउ तिम्रो आगमनले खल्बलिन्छ कन्दराका सुस्केराहरु !
फर्कियौ तिर्खाई डुबेर सागर मलमासमा म, एकान्त र पागलपन !!

माया माया भन्छ तिम्रो संसार बुझ्दैन तर अन्तरमनको चित्कार !
गल्दैनौ अब चिल्ला फुस्रा कुनै बकवासमा म, एकान्त र पागलपन !!

चन्चल बालापन मुस्काउदै खेल्छन जहाँ शितल पवन !
एक्लै रम्छौ यो बिरानो घरबारमा म, एकान्त र पागलपन !!