Tuesday, November 3, 2009

Ma, Ekant ra Paagalpan

नौ रङ्गी पुतलीसँगै स्वप्निल वनबासमा म, एकान्त र पागलपन !
खित्का छाडि हासिरह्यौ आफ्नै उपहासमा म, एकान्त र पागलपन !!

जुनी जुनी पर्खेको माया ओईलाएपछी साक्षी को मान्ने !
चोटैचोटमा पनि दुख्दैन आसुँ दङदासमा म, एकान्त र पागलपन !!

भो नआउ तिम्रो आगमनले खल्बलिन्छ कन्दराका सुस्केराहरु !
फर्कियौ तिर्खाई डुबेर सागर मलमासमा म, एकान्त र पागलपन !!

माया माया भन्छ तिम्रो संसार बुझ्दैन तर अन्तरमनको चित्कार !
गल्दैनौ अब चिल्ला फुस्रा कुनै बकवासमा म, एकान्त र पागलपन !!

चन्चल बालापन मुस्काउदै खेल्छन जहाँ शितल पवन !
एक्लै रम्छौ यो बिरानो घरबारमा म, एकान्त र पागलपन !!