Tuesday, May 11, 2010

निशा

प्रीत गहिरो पुरानै, कहानी नौलो भएर बसेछ !
बात अधुरै रातको, बिहानी स्वप्निल बनेर बसेछ !!

चन्चल ओठ मुस्काउदा युग बित्छ शनै शनै !
मायाको रङ हजार, हजार पुतली रमेर बसेछ !!


जिउनुको अर्थ खोज्दैमा बितेछ जीवन कसैको !
हराएर जीवन प्रीतमा कोही जीवन्त मरेर बसेछ !!


लुकामारी खेल्दै जुन सुख दु:ख गाउछ रित यहाँ !
अङ्गालोमा बेरिई युगल स्वर्गिय आनन्द रचेर बसेछ !!

अँधेरीमा रम्दै निशा मदमस्त घुम्छिन 'पवन'सँग !
हरपलमा युग अटाउदै चखेवा इश्कमा संगीत भरेर बसेछ !!