Tuesday, November 17, 2009

नशा

जिउनी र मर्नेको नशालु दोसांधमा बांचेर हाँस्दैछ जिन्दगानी !
एकछिनको नशामा बेअर्थी बाझाबाझ देखेर हाँस्दैछ जिन्दगानी !!

नपिईकन लागेको नशा बुझ्दैनन् पिएर नशामा डुबुल्किनेहरु !
एक-दुई पलको नशामा भुल्न ईज्जत बेचेर हाँस्दैछ जिन्दगानी !!

तिमीभित्र छ नशाको सागर धड्कनको प्याली खन्याएर पिउ !
आँफैबाट लुक्न भौतारिने सिमलको भुवा देखेर हाँस्दैछ जिन्दगानी !!

आउ बस छेवैमा प्रितको नशा मिसाउ हृदयको सागरमा !
समय छैन जिन्दगिलाई मृत्‍युको बहाना खोजेर हाँस्दैछ जिन्दगानी !!