Sunday, May 2, 2010

दियो पाला

दोबाटोमा आज पनि म तिमीलाई कुरिरहेछु, रङीबिरङी यादहरुको रोङटे पिङमा झुलिरहेछु !!जस्तो छोडि गएकी थियौ आज पनि उस्तै छु, ढिकि जातो एक्लिए, थाती रहेको गुन्द्री बुनिरहेछु !! सुनसान लाग्छ रङ्गमन्च सयौंको भिडभाडमा, एक्लै बस्दा कन्दरामा हजार गुन्जन सुनिरहेछु !! खुशी जति सबै सबै तिम्रै नाममा सारीदिए, शितल लाग्छ सिस्नु पनि घरि घरि छुईरहेछु !! दियो पाला ब्युताउछु हरेक साँझ घाम ढल्दा, निमेशभर छैन भरोसा, मृत्यु छेउ पुगिरहेछु !!

मायाको घेरो

सबै सबै म नै हुँ तिम्रो अनी तिमी मेरो
पाइन कही तिमी जस्तो यो संसारको फेरो

उदाउनु भन्दा अस्त हुँदा रङीन हुन्छ गगन
निशाहुँदा गाह्रै पर्ला बिर्सिदिन यो मायाको घेरो

गीत भन संगीत भन, भन मनको प्रीत
लाइदेउ माया एकबार, जोवन नफालन खेरो

के नाम के मान, के काम लाग्छ धन
जानुछ एक्दिन उही बाटो गर्छौ किन मेरो तेरो