Monday, November 23, 2009

यसपल्ट

परदेशैमा डुलिरछु एक्लो मन जलाई !
सङ्गी तिम्रा कतिकती के सम्झिन्थ्यौ मलाई !!

घरबाट कलेज् जान्छ्यौ खुल्छन सबै ढोका !
तथानाम चौरस सम्झि बस्छु हृदय जलाई !!

सन्ध्या देखी मिर्मिरेसम्म,मिर्मिरेबाट सन्ध्या !
चारै प्रहर तिम्रै नामको बल्छ दियो सलाई !!

बस है श्रिङ्गार गरी ओढी दुलही घुम्टो !
लिन आउछु यसपल्ट पञ्चे बाजा बजाई !!

Thursday, November 19, 2009

खुशीका केही पलहरु !

BROTHERS & SISTER




HAPPY BHAI TIKA








PERFECT FAMILY



SWEET ...

PRINCESS NYSHAA.....



LOVING MOTHERHOOD




NICE PIC. SWASTIKA BHANJI

Tuesday, November 17, 2009

नशा

जिउनी र मर्नेको नशालु दोसांधमा बांचेर हाँस्दैछ जिन्दगानी !
एकछिनको नशामा बेअर्थी बाझाबाझ देखेर हाँस्दैछ जिन्दगानी !!

नपिईकन लागेको नशा बुझ्दैनन् पिएर नशामा डुबुल्किनेहरु !
एक-दुई पलको नशामा भुल्न ईज्जत बेचेर हाँस्दैछ जिन्दगानी !!

तिमीभित्र छ नशाको सागर धड्कनको प्याली खन्याएर पिउ !
आँफैबाट लुक्न भौतारिने सिमलको भुवा देखेर हाँस्दैछ जिन्दगानी !!

आउ बस छेवैमा प्रितको नशा मिसाउ हृदयको सागरमा !
समय छैन जिन्दगिलाई मृत्‍युको बहाना खोजेर हाँस्दैछ जिन्दगानी !!

Monday, November 16, 2009

gajal

बिसन्चो छौ कि तिमी रिसाएकी हौ !
सम्झना आउँदैन कि मेरो,माया बिसाएकी हौ !!

फर्फराउछन आँखा कुनै बिप्पत्ती पर्‍योकी !
सपनीभर पैह्रो जान्छ, किन हृदय चिस्याएकी हौ !!

गुलाफ फुल्ने तिम्रा अधर प्रसस्त छन तिर्खाउन!
बेजोड छन सुगन्ध तिनी कुन मधुमास मिसाएकी हौ !!

दोष छैन प्रितको निष्ठुरी भइछौ थाहै भएन !
कुन महल सिङार्न सुन्दर संसार बिगारेकी हौ !!

जनम जनम साथ बाँच्ने रहर मेरो अझ उस्तै !
ओर्लिएर आँखाबाट कुन सपना रित्याएकी हौ !!

Tuesday, November 3, 2009

Ma, Ekant ra Paagalpan

नौ रङ्गी पुतलीसँगै स्वप्निल वनबासमा म, एकान्त र पागलपन !
खित्का छाडि हासिरह्यौ आफ्नै उपहासमा म, एकान्त र पागलपन !!

जुनी जुनी पर्खेको माया ओईलाएपछी साक्षी को मान्ने !
चोटैचोटमा पनि दुख्दैन आसुँ दङदासमा म, एकान्त र पागलपन !!

भो नआउ तिम्रो आगमनले खल्बलिन्छ कन्दराका सुस्केराहरु !
फर्कियौ तिर्खाई डुबेर सागर मलमासमा म, एकान्त र पागलपन !!

माया माया भन्छ तिम्रो संसार बुझ्दैन तर अन्तरमनको चित्कार !
गल्दैनौ अब चिल्ला फुस्रा कुनै बकवासमा म, एकान्त र पागलपन !!

चन्चल बालापन मुस्काउदै खेल्छन जहाँ शितल पवन !
एक्लै रम्छौ यो बिरानो घरबारमा म, एकान्त र पागलपन !!

Wednesday, October 21, 2009

Amazing Photo


Lord Buddha Caving In China


Loving ROSE


Heads

Head




What did You see? A Loving Pair.........


Check Again,


You can see A Baby.




Tuesday, October 20, 2009

Sweet Rose

Sweet Rose


Just Kidding


Mithi Mahima


Taking your Picture




Never Forget Me

mera gajal haru



अधेरी रात यहाँ यस्तै छ उजेली दिपावली तिमीलाई बधाई !
रमाउछु म त उदासी नै सुशेली दिपावली तिमीलाई बधाई !!

कैयौं पटकका कोशीस ब्यर्थ भए थिग्रिएन शंकाहरु !
कुरुप भए पुर्णिमाका जुनेली दिपावली तिमीलाई बधाई !!

हल्ला पनि प्यारा हुन्छन देउसी भैलि खेल्नेहरुलाई !
हांसिरह्यौ हानेर गुलेली दिपावली तिमीलाई बधाई !!

निभाएर आगो के हुन्छ जलीसक्यो घर बनेर खरानी !
पोल्योकी सोध्छ्यौ अगुल्टो झुसेली दिपावली तिमीलाई बधाई !!

सुनसान आंगन कसिङरको गहना, एक्लियो पधेंरी पनि !
बगिरहेछ नैनबाट सगर नुनेली दिपावली तिमीलाई बधाई !!
---



सँगमा छौ तर आफ्नै हौ कि बिरानो !
किन लाग्छ अभर आफ्नै हौ कि बिरानो !!

मैनसरी जलिरहे उज्यालोहोस् जीवन भनी !
बतासिदियौ सबै रहर, आफ्नै हौ कि बिरानो !!

परालको आगो भन्छन जोइ पोइको झगडा !
निभे पनि खरानीको डर, आफ्नै हौ कि बिरानो !!

ठुलो भयो तिमीलाई छालमा हिंड्ने पहाडहरु !
छट्पट्टिमा रुङ्ने बगर आफ्नै हो कि बिरानो !!

बिशाल छ मुटु भन्थ्यौ अटाईनौ किन ?
सुन्सान लाग्ने यो जिगर आफ्नै हो को बिरानो !!
--

फेरी पनि दिन काट्दैछु तिम्रो यादमा मेरी मायालु,
फिर्ता पाउछु कि फेरी मायाप्रिती ब्याजमा मेरी मायालु;

पर्खिदा पर्खिदै बितेर जान्छ कि मेरा आशहरु,
अमर बन्दो रहेछ प्रीत अन्जान त्यागमा मेरी मायालु;

facebook मा मुटु साट्ने तिम्रो रहर,
रेटीएछ सपनाहरु ईन्टरनेट्को च्याटमा मेरी मायालु;

प्रगती पनि बाधा हुदोरहेछ कहिलेकाही यहाँ,
नजिकैको प्रीत भो टाढा अर्कैको ध्यानमा मेरी मायालु;

जलिरहेछ तिमीलाई सम्झी-सम्झी यो मन,
तर तिमी भने अर्कैको ओछ्यानमा मेरी मायालु;
---

---
सपना कती मिठो कहिले नटुटोस,
मायामा रमाउदै छु साथ अहिले नछुटोस;

बगर भेट्दै फर्कन्छन् छालहरु मझ्धारमा,
दुइपलमा समेटेको खुशीको आशा उमङ्ग नफुटोस;

चढ्नुछ सगरमाथा शिखरमा नेपाली हौ,
बलिरहोस् शान्तिद्विप,पीडाले अब शीर नझुकोस;

फर्की आउने छु कि छैन केही थाहा छैन,
बिदाई तिमीले दिएपनी प्रितीको फूल नसुकोस;
---

तिर्खाएका मेरा नजर कुनै भूल बनेकी ,
माफ गरिदिनु ति हृदयमा बिझ्ने शूल बनेकी ;
बिर्सनै नसक्ने एक झलकको पर्खाई थियो ,
तर तिमी स्वागतमा आहा! कती राम्री फुल बनेकी;
पाउनु मात्र होइन भन्छन् मायाप्रिती जीवनमा,
साट्दासाट्दै मायाप्रिती कतै, तिर्खा मेट्ने मुल बनेकी;
आधा बैंस ढली सक्यो तर तिमी आईनौ,
चौरास्तामा पर्खिईबस्दा ओईलीएको तुल बनेकी;